भक्तपुरमा होली पर्व सुरु « Khabarhub

भक्तपुरमा होली पर्व सुरु


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु भएको छ । 

फागुण शुक्ल अष्टमीको दिन मंगलबार भक्तपुरस्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात् चिरोथान होली पर्वको सुरुवात भएको हो । एक हप्ता अघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरिन्छ ।

नेपाल भाषाबाट लज्ज अर्थात् भिमसेनको लिङ्ग प्रतिकको रुपमा काठको मुढालाई नगरको विभिन्न क्षेत्र परिक्रमा गराइन्छ भने पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन रहेको छ । यस लिङ्गलाई होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ ।

होली सुरु भएको दिन कमलपोखरीमा लिङ्ग पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगी पखालेर ल्याउने गरिन्छ । 

फागु पूर्णिमाको दिन साँझपख सो लिंगलाई बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ५४ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको