झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ? « Khabarhub

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट लागेर सभापति रवि लामिछाने उपचारका क्रममा रहँदा वरिष्ठ नेता बालेन्द्र साह एक्लै देशभर दौडिए ।

चुनावी अभियान लिएर बालेन्द्र झापादेखि कञ्चनपुर हुँदै बाजुरासम्म पुग्दा सभापति लामिछाने मौन बसे । उनी उपचारमा रहेको भन्दै सचिवालयले वक्तव्य पनि निकाल्यो । बालेन देशभर घुमेपछि खुट्टामा पट्टी बाँधेर चुनावी अभियानमा निस्किएका रवि मंगलबार झापामा एक्लै देखिए ।

सभापति लामिछानेले झापा १ देखि झापा ५ सम्म एक्लै छिचोलिरहँदा बालेन भने सुनसरीको इटहरीमा थिए । झापा ५ मा नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पुगेका बालेन्द्रसहित अन्य उम्मेदवारलाई सघाउन रवि पुग्दा बालेन सन रुफ गाडीमा देखिएनन् ।

निशा डाँडीसहितलाई सनरुफमा राखेर रविले घुमाए । तर सभापति झापा आउनुअघि नै बालेन भने बास बस्न सुनसरी पुगिसकेका थिए । मंगलबार सुनसरीको इटहरीमा रवि र बालेन दुवै सहभागी भएर आमसभा हुँदैछ । रवि पूर्वबाट चुनावी अभियान चलाउँदै इटहरी आइपुग्दैछन् ।

उता झापा ५ मा केन्द्रित भएका बालेन आफैँ पनि अन्य चुनावी क्षेत्रमा गएका छैनन् । निवर्तमान उपसभामुख इन्दिरा राना मगरकै क्षेत्रा पनि उनी पसेका छैनन् । रविले भने झापाका सबै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई भोट माग्दै राजमार्ग क्षेत्रको मोरङ छिचोलेर सुनसरी छिरेका छन ।

झापामा पनि रवि एक्लै देखिएपछि यी दुई जनाबीचमा खटपट चलिरहेको आशंका भइरहहेको छ ।

गत फागुन ६ गते धनगढीको चुनावी सभामा एकसाथ देखिएका सभापति लामिछाने र वरिष्ठ नेता साहले ७ गते सुर्खेतमा चुनावी वाचापत्र सार्वजनिक गरे । त्यसपछि रवि स्थलमार्ग हुँदै बाँकेबाट दाङतिर छिरे । उता बालेन्द्र भने ट्राभल सिक भएको भन्दै सुर्खेतबाट जहाजमा काठमाडौं सोझिए ।

साह बिमारी भएर काठमाडौं फर्किएको भनिएको थियो । सुर्खेतको कार्यक्रम सकिएलगत्तै उनलाई दैलेखको कार्यक्रममा सहभागी हुन त्यहाँको पार्टी कमिटी र उम्मेदवारले आमन्त्रण गरेका थिए । तर, साहले ‘तिमीलाई जिताउन म आइदिनपुर्ने ?’ भन्ने जवाफ फर्काएको रास्वपा उच्च स्रोतले जनाएको छ ।

बिरामी भनिएका बालेन्द्र काठमाडौं फर्किएपछि आराम गरेर फेरि झापा लागेका छन् । झापामा एमाले अध्यक्ष ओलीले चुनावी माहोल राम्रो बनाएको सूचना पाएलगत्तै बालेन त्यतातिर दौडिए । उता पश्चिमी क्षेत्रको कार्यक्रम बालेन एक्लैले भ्याए ।

काठमाडौंबाट झापा फर्किएपछि हतार हतार झापा पुगेका साहले एक चरण घरदैलो गरे। तर उनी मंगलबार सुनसरी पुगे। त्यहाँ चुनावी अभियानभन्दा उनी कोशी टप्पु क्षेत्र पुगेर टहलिए ।

मंगलबार बिहानदेखि झापा १ देखि ५ नम्बर निर्वाचन क्षेत्रमा सभापति लामिछानेको चुनावी अभियान थियो । जुन कार्यक्रममा नेता बालेन्द्र सहभागी नभई सुनसरीमै बसेका हुन् ।

सभापति लामिछाने झापाका विभिन्न निर्वाचन क्षेत्रमा अभियान चलाउँदा बालेन्द्र सोमबार गौरादह घुमेर इटहरी आएर बसे । मंगलबार रास्वपाले इटहरीमा औपचारिक चुनावी सभा कार्यक्रम छ । उक्त कार्यक्रममो सभापति लामिछाने र नेता साह दुवैले सम्बोधन गर्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ११ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत