प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण « Khabarhub

प्रचण्डले भने- निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पाटी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको बताएका छन् । 

मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेकाले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको बताएका हुन् । 

निर्वाचन आउन केही दिन मात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनले बताए । 

प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखे । 

उनले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकर्ताले फेरी एकताको झण्डा उठाउन सहयोग गर्ने उल्लेख गरे । 

देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ४२ बजे

बालेन सरकारको एक महिना : दुई मन्त्री फिर्ता हुँदा अरू के–के भए काम ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात झण्डै दुई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ

वर्षमान भन्छन् : नयाँलाई जिताउन व्यवसायीले बोरामै पैसा बोकेर हिँडे, अहिले पछुताउँदैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भरूवा बन्दुकसहित एकजना पक्राउ

दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पाल्पा– १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियगमा रैनादेवी छहरा गाउँपालिका- ४