गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई « Khabarhub

गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गुल्मी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई  मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । 

महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को (क) केन्द्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन् ।  

उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए। 

सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्रको बुथमा मतदान अधिकृत सृजना मिश्र रहेका छन्। त्यसैगरी, भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्रको बुथमा मतदान अधिकृत पुष्पा रायमाझी अर्याल रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयद्वारा गुल्मीमा दुईवटै क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । निर्वाचन अभिमुखीकरणपश्चात् निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए। 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ७१६ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लामा रहेका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए।
   
जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन । 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : २२ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट