शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक « Khabarhub

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- इरानमाथि आक्रमणको तयारीमा रहेको अमेरिकी युद्धपोत यूएसएस गेराल्ड आर फोर्डमा गम्भीर शौचालय संकट देखिएको छ।

उक्त युद्धपोतको सिवेज प्रणालीमा समस्या भएपछि करिब ४ हजार सैनिक घण्टौँ शौचालयका लागि लाइनमा बस्न बाध्य भएका छन्।

मध्यपूर्वतर्फ अघि बढिरहेको अमेरिकाको सबैभन्दा आधुनिक विमानवाहक पोतमा तैनाथ ४ हजारभन्दा बढी सैनिकले यतिबेला आधारभूत सुविधाकै अभाव झेलिरहेका छन्।

जहाजमा जडान गरिएको आधुनिक सिवेज प्रणालीमा समस्या भएपछि शौचालय प्रयोग गर्न समस्या उत्पन्न भएको हो।

टाइम्स अफ इन्डियाका अनुसार अवस्था यति खराब बनेको छ कि नौसैनिकहरूलाई शौचालय जान घण्टौँ कुर्नुपरेको छ, जसले उनीहरूको स्वास्थ्य र मानसिक अवस्थामाथि प्रत्यक्ष असर पारिरहेको छ।

अर्बौं लागत, तर प्रणाली असफल

करिब १३ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरिएको यो जहाजलाई अमेरिकी नौसेनाको सबैभन्दा शक्तिशाली युद्धपोत मानिन्छ।

करिब ४,६०० नाभिक अट्ने क्षमता रहेको यस पोतमा कम पानी प्रयोग गरेर सफाइ गर्ने भ्याकुम कलेक्सन र होल्डिङ प्रणाली जडान गरिएको छ।

तर अहिले यही प्रणाली सबैभन्दा ठूलो कमजोरी बनेको छ। ठूलो बजेट खर्चिए पनि सिवेज प्रणाली बारम्बार बिग्रिरहेको छ।

शक्तिशाली मिसाइल प्रणाली बोकेको यो युद्धपोत आफ्नै चालक दललाई आधारभूत सरसफाइ सुविधा दिन नसक्नु विडम्बनापूर्ण अवस्था बनेको टिप्पणी भइरहेको छ।

लामो लाइन र बिरामी परिरहेका नौसैनिक

मिडिया रिपोर्टअनुसार कतिपय समयमा जहाजका ९० प्रतिशतसम्म शौचालय काम नलाग्ने अवस्थामा पुगेका छन्। एक पटक शौचालय प्रयोग गर्न ४५ मिनेटसम्म लाइनमा बस्नुपर्ने स्थिति छ।

सन् २०२३ यता दर्जनौं पटक बाह्य प्राविधिक सहयोग लिइए पनि समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन।

इन्जिनियरिङ टोलीले प्रणाली सञ्चालनमा राख्न १९ घण्टासम्म लामो सिफ्ट काम गर्नुपरेको छ। फोहोर र असुविधाका कारण केही नौसैनिक बिरामी परिरहेका छन्, जुन युद्ध तयारीकै बीच चिन्ताजनक विषय बनेको छ।

अमेरिकी तयारीमाथि प्रश्न

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध कडा चेतावनी दिइरहेका बेला यो शौचालय संकटले अमेरिकी नौसेनाको तयारीमाथि प्रश्न उठाएको छ।

विश्वकै शक्तिशाली मानिने यो विमानवाहक पोत दुश्मनसँग भिड्नुअघि आफ्नै आन्तरिक प्रणालीसँग संघर्ष गरिरहेको देखिन्छ।

यदि सैनिकहरूको स्वास्थ्यमा यसरी नै असर पर्दै गए इरानजस्ता बलिया प्रतिद्वन्द्वीविरुद्ध लड्ने क्षमतामा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषण भइरहेको छ।

यो घटनाले प्रविधिका हिसाबले अत्याधुनिक साधन भए पनि आधारभूत सुविधा व्यवस्थित नभएमा युद्धक्षेत्रमा कमजोरी देखिन सक्ने चिन्ता गरिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ५१ बजे

बाढीपीडितको सहारा बन्न नेपालमा सोनु, ‘जीवन फेरि बसाउने प्रयासमा छौँ’

चलचित्रको पर्दामा खलनायकको भूमिका निभाएर दर्शकलाई रोमाञ्चित गर्ने बलिउड अभिनेता

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर