मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना « Khabarhub

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ का लागि आफ्नो ‘मेरो प्रतिज्ञा’ प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरिएको यो प्रतिज्ञापत्रमा डा. महतले ‘आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट’ निर्माण गर्ने मुख्य लक्ष्य राखेका छन् ।

उहाँले ‘नारा होइन, नतिजा, वाचा होइन, विकास’ भन्ने नाराका साथ आफ्ना एजेन्डा मतदातासमक्ष प्रस्तुत गरेका हुन् ।

मुख्य प्रतिबद्धता :

  • पूर्वाधार विकास : दोबाटो छहरे-सुरुङ मार्ग, बालाजु-रानीपौवा-पिपलटार, तितिपिङ्ले-चाँदेभ-कुमारी-गाछी वैकल्पिक राजमार्ग, लिवु-तादी नदी कटान नियन्त्रण, ६ फिटदेखि विभिन्न सडक खण्ड पूरा गर्ने, काठमाडौंसँग जोड्ने सबै मुख्य सडक स्तरोन्नति ।
  • कृषि आधुनिकीकरण : आधुनिक सिँचाइ, मल-बीउ-बजारको पहुँच, स्थानीय उत्पादन (स्याउ, आलु, प्याज, स्याउ, ट्राउट माछा, मह आदि) को ब्रान्डिङ र शीतभण्डार निर्माण । किसानलाई बजार मूल्यको सुनिश्चितता ।
  • पर्यटन विकास : ककनी, सूर्यचौर, बाघमारा, तलाबु, पन्चकन्या, गोसाइकुण्ड क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक-साहसिक पर्यटन गन्तव्य बनाउने, पदमार्ग र केबलकार निर्माण ।
  • शिक्षा र स्वास्थ्य : बागमती प्रदेशस्तरीय प्राविधिक तथा सूचना प्रविधि कलेज स्थापना, गुणस्तरीय विद्यालय र डिजिटल शिक्षा, क्षेत्र नं. १ मा विशेषज्ञसहितको अस्पताल सञ्चालन ।
  • युवा र महिला : युवा उद्यमशीलता, कृषि-पर्यटन-उद्योगमा सीप विकास, महिला सशक्तीकरण र स्वरोजगारका नयाँ अवसर ।
  • उद्योग र लगानी : काठमाडौं नजिकको नुवाकोटलाई औद्योगिक तथा व्यवसायिक केन्द्र बनाउने ।

डा. महतले प्रतिज्ञापत्रमा भनेका छन्, ‘म परिणामका लागि काम गर्छु । कुरामा होइन काममा विश्वास गर्छु । विकास, सुशासन, जनताको आर्थिक-सामाजिक समृद्धि र भ्रष्टाचारको अन्त्यका लागि सधैँ प्रतिबद्ध छु ।’

उनले यो क्षेत्रबाट पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका छन् । अघिल्ला निर्वाचन क्षेत्रको विकास अनुभवलाई नुवाकोटमा प्रयोग गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : ०४ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै