कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल « Khabarhub

कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको बताएका छन् । 

काठमाडौं बस्ने धौलागिरीवासीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरूका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।

‘देशैभर सकारात्मक माहोल बनिरहेको छ,’ उनले भने,‘यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ ।’

कार्यकर्ता र आम नागरिकको अपेक्षा अनुसार कांग्रेस नीतिगत रुपमा प्रष्ट भएको र देश बदल्ने भिजनमा समेत प्रष्ट भएकाले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र सुभेच्छुक सबै लाग्नुपर्ने उनले बताए ।

महामन्त्री पौडेलले सामाजिक सञ्जाल समेत विचार राख्न प्रभावकारी माध्यम भएकाले पार्टी रुपान्तरण र भिजनका विषय प्रचारमा सक्रियता बढाउन कार्यकर्ता र सुभेच्छुकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : १९ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये