तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन « Khabarhub

तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी दुःखको समाधान गर्ने पार्टी बन्न चाहेको बताएका छन् । 

रास्वपाले मंगलबार इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो क्षेत्रका जनतालाई तेह्रथुम पाँचथरमा उत्पादन भएको तरकारी खुवाने पार्टी रास्वपा बन्ने बताए ।

‘खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो, तेह्रथुम पाँचथरमा उत्पादन भएको खान पाउनुभाछैन तपाईंहरूले, हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू उब्जाहरू यही मुनी तराइमा झापा सुनसरी मोरङ विराटनगरमा खान पाइएको छैन’, उनले भने, ‘यो दुःखको कुरा हो, त्यो दुःखको समाधान गर्नुपर्छ, यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय पार्टी ।’

पूर्वी तराइका तीनवटा चारवटा जिल्लाको फूल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्ने उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : ३५ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न