एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो « Khabarhub

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्न खोजेको जनाएको छ ।  

मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले तराई–मधेशका केहि स्थानमा निषेधाज्ञा र कर्फ्यु जारी हुँदा मतदातामा भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेको छ । 

शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाउने कामले क्षणिक सुरक्षाको अनुभूति भएपनि मतदाताको मनमा डर, त्रासको सिर्जना गर्ने एमालेको ठहर छ । भयरहित निर्वाचनका लागि सरकारलाई पुनः शान्ति सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बताए ।

त्यस्तै अहिले निर्वाचन सार्ने हल्ला चलेको प्रति ध्यानाकर्षण भएको भन्दै कुनै पनि बहानामा निर्वाचन नसारी घोषित मितिमा नै निर्वाचन हुनुपर्नेमा एमालेको दृढ अडान रहेको शाहीले उल्लेख गरे । 

एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाएको छ । सार्वजनिक खपतका लागि सार्वजनिक गरिने एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने भएकाले यस्ता क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको शाहीले बताए । 

पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामाग्रीहरू प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक ध्रुवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको एमालेको ठहर छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : ०९ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन