दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू) « Khabarhub

दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू)


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दोलखा– हिमाली जिल्ला दोलखामा हिउँदे वर्षा सँगै हिमपात हुन सुरू भएको छ । 

जिल्लामा मंगलबार दिउँसो देखि कालिञ्चाेक ,शैलुङ लगायतका माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने, तल्लो क्षेत्रमा असिना सहित हिउँदे वर्षा भएको हो । 

समग्र जिल्लामा ५ महिनापछि हिमपात र वर्षाद हुँदा हिउँदे किसानलाई राहत मिलेको छ ।

फागुन १२ गते आज दिउँसोदेखि सुरु भएको हिमपात र वर्षाद केही दिन लम्बिन सक्ने अनुमान गरिएको छ । पछिल्लो दुई घण्टा देखि वर्षासँगै हिमपात भइरहेकाले जिल्लाभर चिसो बढेको छ । 

हिउँदे सिजनपरेको वर्षाले जिल्लाका आलु र गहुँ किसानलाई राहत मिलेको छ ।

लामो समयसम्म हिउँदे  वर्षा र हिमपातको पर्खाइमा रहेका किसान तथा होटल तथा पर्यटन व्यवसायीलाई फागुन दोस्रो साताको मुखमा परेको हिउँदे वर्षा र हिमपातले उत्साहित बनाएको छ । 

मंगलबार दिउँसो देखिनै जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात भएकाले दोलखामा बुधबारदेखि पर्यटक बढ्ने संकेत देखिएको छ ।

दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चाेक र शैलुङमा हिमपात भइरहेको स्थानीय तेम्बा पाख्रीनले जानकारी दिए । कालिन्चोक क्षेत्रमा एक फिटसम्म हिउँ झरेको छ ।

हिउँले शैलुङ, कालिञ्चाेकका डाँडाकाडा सेताम्मे बनेका छन् ।सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ०५ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये