सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश « Khabarhub

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल पौडेलको नाममा सिंगापुरस्थित बैंक खाताको विवरण यथाशीघ्र झिकाउन आदेश दिएको छ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहररू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो।

अदालतले यसअघि ०८१ पुस ९ गते दिएको आदेशअनुसार सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकमा रहेको भनिएको बचत तथा मुद्दती खाताको विवरण प्राप्त नभएको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् विशेष सरकारी वकिल कार्यालय काठमाडौंलाई आवश्यक विवरण झिकाउन निर्देशन दिएको छ।

यस्तै, पारस्परिक कानुनी सहायता ऐन, २०७० अनुसार केन्द्रीय अधिकारी तोकिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत सिंगापुरसँग पारस्परिक कानुनी सहायता सम्झौता नभएको अवस्थामा उक्त विवरण प्राप्त हुन सक्ने नसक्नेबारे स्पष्ट जवाफ माग्न आदेश दिइएको छ।

अदालतले नेपाल राष्ट्र बैंकलाई पनि बैंकिङ प्रक्रियामार्फत् सिंगापुरको केन्द्रीय बैंकसँग समन्वय गरी सम्बन्धित खाताको विवरण यथाशीघ्र झिकाई पेश गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : ०९ बजे

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार