शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म « Khabarhub

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

एमाले सचिवसमेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् ।

उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुल सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुल निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

उनले कुनै बेला डोली टक काटिएको टक्सार बजारको पुरानो ऐतिहासिकता झल्किने गरी सम्पदायुक्त सुन्दर बजारको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् ।

मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रका मुख्य बजारको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजार बनाउने योजनासमेत राईले ल्याएका छन् ।

जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्नेसमेत उनको योजना छ ।

किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराई कृषि उत्पादनबाटै घरघरमा आम्दानी, घरघरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् ।

किसानका लागि ठूलो समस्याका रुपमा रहेको बाँदर आतंक नियन्त्रणको प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन् ।

उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने राईले बताएका छन् ।

गाँजाको व्यावसायिक खेती गर्न विद्यमान कानुन संशोधन गर्ने पहल गर्नेसमेत प्रतिबद्धता राईले गरेका छन् ।

पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय मार्ग बनाउन पहल गर्ने उनको योजना छ ।

भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै ‘भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान’ भन्ने नारासहित स्थानीय भाषा साहित्य तथा कला र संस्कृति संरक्षण गर्न उनको वाचा छ ।

युवा लक्षित सामूहिक उधमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने उनको योजना छ ।
पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।

शिक्षक तथा सरोकारवालासँग विगतमा भएका सम्झौताका आधारमा नयाँ संघीय शिक्षा-विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तर बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : २० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त