दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा « Khabarhub

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहँदा नेता-कार्यकर्ताले बाहिरिने क्रम रोकिएको छैन ।

मंगलबार घोराहीमा पत्रकार सम्मेलनमार्फत् रास्वपाका यूएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत १२ जनाभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पछिल्लो समय पार्टीभित्र व्यापक विचलन देखिएको आरोप लगाएका छन् । टिकट वितरणदेखि निर्णय प्रक्रियासम्म आर्थिक अपारदर्शिता र मनपरी काम भएको भन्दै उनीहरूले बाहिरिने निर्णय गरेको बताएका छन् ।

यूएई प्रवासमा स्थापनादेखि नै संगठनमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्रले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीको अवस्थाले निराश बनाएको बताए ।

उनले रास्वपाबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको दाबी गर्दै आगामी निर्वाचनमा ‘राम्रो र सक्षम उम्मेदवार’ लाई मतदान गर्न मतदातासँग आग्रह गरे ।

दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत क्रियाकलापबारे जानकारी गराउने र योग्य उम्मेदवारको पक्षमा वातावरण बनाउन अभियान अघि बढाउने उनले बताए ।

त्यस्तै, विजय केसीले पनि स्थापनाकालदेखि दाङ क्षेत्र नम्बर २ मा पार्टी सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका खेलेको बताउँदै पछिल्लो समय पार्टीमा खराब प्रवृत्तिका व्यक्ति हावी भएको आरोप लगाए । उनले देशभर नै पार्टी छाड्ने क्रम बढिरहेको बताउँदै अझै बाहिरिने संकेत गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ५ : २७ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत