चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीनसहित पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरूले प्रमाणपत्र बुझाएका हुन्।

गत फागुन १ गते जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका चिनियाँ राजदूत चाङ माओमिङले मंगलबार राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाण पत्र बुझाए ।

यससँगै उनले नेपालमा आफ्नो जिम्मेवारी औपचारिक रूपमा सुरुवात गरेका छन् । उनी नेपाल आउनेबित्तिकै सक्रिय भएका छन् । उनले चिनियाँ नयाँ वर्षको अवसरमा यसअघि पाटन पुगेर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगै औ‍पचारिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

उनी आइसकेपछि मंगलबार मात्रै बसेको मन्त्रिपरिषद्को बैठकले चीन सरकारबाट निर्वाचनका लागि प्राप्त ५८ करोड नेपाली रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालका लागि कार्यभार सम्हाल्न आएका राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवारी गराएर लगिएको थियो ।

राष्ट्रपतिसमक्ष मंगलबार अष्ट्रेलियाका राजदूत सिमोन जर्ज इर्न्स्ट, साउदी अरबका राजदूत फहाद मोहम्मद अज्मी म्निक्हरले पनि ओहोदाको प्रमाणपत्र बुझाए का छन् ।

त्यस्तै मालदिभ्सका राजदूत ऐसाहाथ अजिमा र टर्किस गणतन्त्रका राजदूत अली म्युरात एरस्वेले पनि ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ६ : ०६ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा