दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता « Khabarhub

दलको चासोमा नपरेको फिल्मी क्षेत्र, घोषणा पत्रमै बेवास्ता


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् । बरू राजनीतिमा चासो दिने कलाकारलाई पार्टीले प्रयोग गर्छ, ब्रान्ड हाउसकै शैलीमा ।

ब्रान्डले आफ्नो सामान वा सेवाको प्रचार गर्न कलाकारको प्रयोग गर्छ । यसबापत् कलाकारले पारिश्रमिक दिन्छन् ।

जनतालाई आकर्षित गर्न पार्टीहरूले पनि कलाकारको प्रयोग गर्छन् । कलाकारको नामबाट आफ्नो पार्टीलाई मतदातामाझ हाइलाइट गराउँछन् । चर्चित व्यक्तिलाई पार्टीमा ल्याएर आफ्नो पक्षमा माहोल बनाउँछन् । राम्रो माहोल बनेको देखेपछि त्यही पार्टीमा कलाकारहरू बढी गएको दृष्टान्त छ ।

अझ नयाँ पार्टीहरूमा कलाकारहरू बढी आकर्षित भएको पाइन्छ । ०६२–६३ पछि माओवादीमा कलाकारहरूको हुल प्रवेश गरेको थियो । जसलाई माओवादी उदयीमान शक्तिका रुपमा आएको थियो । अन्य दललाई नै चकित पार्दै माओवादीले कलाकारलाई तान्थ्यो ।

माओवादीसँगको एकतापछि कलाकारहरू एमालेमा प्रवेश गर्न थाले । त्यसबेला मुलुकमा एमालेको महोल थियो । जसको सत्तामा पुग्ने जस्तो महोल हुन्छ, त्यसैमा कलाकार हुलका हुल प्रवेश गर्ने चलन छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कलाकारहरूको झुवाक छ । केही कलाकार उम्मेदवार नै बनेका छन् । धेरैजना खुलेरै यसको समर्थनमा देखिन्छन् ।

अहिलेसम्म हेर्दा जनीतिमा कलाकारहरूको प्रवेशलाई सत्ता–शक्तिको वरपर घुम्ने लोभ देखिन्छ । तर, उनीहरू प्रवेशको कारण परिवर्त, विकास र जनताको अपेक्षा पूरा गर्न पार्टी देखाउँछन् ।

जे होस् कलाकारहरू पार्टीको ब्रान्डिङमा प्रयोग भएको कुरा अकाट्य सत्य हो । ब्रान्डको प्रचारमा आर्थिक पाए जस्तै पार्टीको ब्रान्डिङबाट उनीहरूले के लिन्छन् ? त्यो स्पष्ट खुलेको छैन । जनताको सेवा गर्ने अवसर खोजीमा उनीहरू राजनीतिमा गएका हुन् त ?

यहाँ चर्चा गर्न खोजिएको केन्द्रीय विषय यो होइन । पार्टी र कलाकारको सम्बन्धबारे मात्रै प्रकाश पार्न खोजिएको हो ।

चर्चा गर्न खोजिएको विषय हो– कलाकारलाई यसरी प्रयोग पार्टीहरू कला क्षेत्रको विकासमा हरेक पटक चुक्दै आएका छन् ।

सरकारमा पुगेपछि यो क्षेत्रलाई उपेक्षा गर्दै आएका पार्टीहरू यो पटक त घोषणा पत्रमै चुकेका छन् ।

शीर्ष चार दल नेपाली कांग्रेस, एमाले, नेकपा र रास्वपाले कला क्षेत्रलाई राम्रै बेवास्ता गरेका छन्।

कलाकारहरूबाटै साथ पाएको रास्वपाले त आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै प्रयोग गरेको छैन । नेकपाको हालत त्यस्तै छ । कांग्रेस र एमालले पनि ‘कला क्षेत्र’ भन्ने शब्द घोषण पत्रमा समावेश गरेका छन् ।

दलहरूको पारा

नेपालमा औसत वार्षिक ६० वटा फिल्म बन्छन् । एउटा फिल्मको लगानी औसतमा दुई करोड राख्ने हो भने एक अर्ब २० करोड लगानी हुन्छ ।

बक्स अफिसमा पनि लगानी बराबरकै करोबार हुन्छन् । लगानी र व्यापार हिसाब गर्दा मात्रै फिल्म क्षेत्रले देशको अर्थतन्त्रमा साढे २ अर्बको योगदान गर्छ । १७ खर्बको बजेट भएको मुलुकका लागि यो राम्रो योगदान हो ।

तर, आगामी चुनावमा जान रास्वपाले एक सयवटा काम प्राथमिकतामा राखेको छ । यसमा फिल्म वा कला क्षेत्र परेको समावेश छैन ।

जबकि यो सक्रिय कलाकारहरू भएको पार्टी हो रास्वपा। जबकि सिने क्षेत्रसँग राम्रोसँग जानकार फिल्म निर्देशकसमेत रहेका असिम शाह पार्टीमा प्रभाव पार्न सक्ने नेता हुन् ।

भर्खरै फिल्म बनाएर ठक्कर खाएका गायकसमेत रहेका प्रकाश सपुत यही पार्टीमा छन् । उनलाई पनि फिल्म क्षेत्रप्रति दलले राख्नुपर्ने दृष्टिकोण मज्जैले थाहा छ ।

पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपालाई फिल्म क्षेत्रको ‘मतलबै छैन’ । यो पार्टीको घोषणा पत्रमा फिल्मको ‘फ’ पनि राखिएको छैन ।

एमालेले भने फिल्म क्षेत्रलाई ‘समृद्ध छ’ भन्ने आशयले घोषणा पत्रमा समावेश गरेको छ । यस क्षेत्रको विकासबारे एक शब्द लेखेको छैन । बरू उल्टै फिल्मको प्रयोग गरेर पर्यटनको विकास गर्ने योजना अगाडि सारेको छ ।

सरकारमा पुगे आफूले काम गर्ने २५ वटा प्राथमिकतामा राखेको छ । जसको १२ औं बुँदा ‘पर्यटकको बृद्धि, लामो बसाइ, गाउँ–सहरमा काम र कमाइ’मा लेखिएको छ, ‘सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृतचित्र र चलचित्रमार्फत् नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेवाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्नेछौं ।’

कांग्रेसले भने नेपाली फिल्मको बजार विस्तारमा केही ज्ञान राखेको छ । घोषण पत्रमा लेखिएको छ, ‘नेपालको संस्कृति, धर्म, दर्शन, परम्परा, भाषा, कला, साहित्य, गीत, संगीत, चलचित्र, ज्ञान र विज्ञानलाई गैरआवासीय नेपालीका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा विस्तार गरी नेपाली राष्ट्रियता र पहिचानको प्रवर्धन गर्छौ ।’ तर, फिल्मलाई विशेष प्राथमिकता भने कांग्रेस पनि दिएको छैन ।

कसैले सुने मेकरका दु:ख

‘सरकारले फिल्म क्षेत्रलाई सधैँ वेवास्ता गर्यो‍’ भन्ने मेकरहरूको स्पष्ट बुझाइ छ । उनीहरू यो कुरा विभिन्न सार्वजनिक मञ्चमा भनिरहन्छन् । उनीहरूको अर्को दाबी छ– नीजि क्षेत्रको एकल जोखिमले यो क्षेत्र टिकिरहेको छ ।

यो पटक पनि सरकारमा पुग्ने बलियो सम्भावना भएका पार्टीले घोषणा पत्रमा मेकहरूको यो गुनासो सम्बन्ध गर्न सकेनन् ।
मेकरहरु फिल्म सुटिङका लागि इन्डोर स्टुडियो वा फिल्म सिटी निर्माणका लागि आवाज उठाइरहेका छन् । यो कुरा पार्टीहरूले प्राथमिकतामा राखेनन् ।

दक्ष प्राविधिकहरूको कमी नेपालमा सधैँ छ । यस्ता जनशक्ति उत्पादन र तालिम वा अध्यापन केन्द्र खोल्नेतर्फ दलहरूको ध्यान गएन ।

जनसंख्याको चाप भएको क्षेत्रमा मात्रै फिल्म हलको पहुँच छ । अझै नेपालका धेरै जिल्ला हलको पहुँच बाहिर छन् । मेकरहरूले एक जिल्लामा एक फिल्म हल विस्तार गर्नुपर्ने धारणा विभिन्न मञ्चमा राख्दै आएका छन् ।

हल विस्तार गरेर दर्शकलाई फिल्मको पहुँचमा पुर्या‍उने प्रतिबद्धता जनाउन दलहरू यो पटक पनि चुके ।

करको हेरफेर, कर्जाको व्यवस्था, नीतिगत सुधार, विशेष फिल्मलाई विशेष सुविधा र नयाँहरूलाई प्रोत्साहन गर्ने विषय दलहरूको सोचभन्दा झन् टाढा देखिन्छ ।

अझ घोषणपत्रलाई आधार मन्दा नेपाली फिल्म क्षेत्रलाई पार्टीहरूले पूर्णतया वेवास्ता गरेको देखिन्छ । यो क्षेत्रबारे उनीहरू जानकार नै छैनन् ।

घोषणा पत्रमा फिल्म क्षेत्र छ भन्ने स्थापित गर्न नसकेका पार्टीहरूले यसलाई सक्दो ‘इग्नोर’ गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : ४४ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि