भारतले फेर्दैछ केराला राज्यको नाम « Khabarhub

भारतले फेर्दैछ केराला राज्यको नाम


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ । भारतको केन्द्रीय क्याबिनेटले मंगलबार, २४ फेब्रुअरीका दिन केरला राज्यको नाम परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले प्रेस ब्रिफिङमार्फत यसको जानकारी दिएका हुन् ।

केरला विधानसभाले यस परिवर्तनका लागि जुन २०२४ मा एउटा प्रस्ताव पारित गरेको थियो र भारत सरकारसँग केरलाको नाम परिवर्तन गर्न संविधानको पहिलो अनुसूचीमा संशोधन गर्न अनुरोध गरेको थियो ।

पीआईबीको प्रेस विज्ञप्तिअनुसार, अब ‘केरला (नाम परिवर्तन) विधेयक, २०२६’ केरला विधानसभामा पठाइने छ, जहाँ यसमाथि छलफल हुनेछ ।

केरला विधानसभाको राय प्राप्त भएपछि, भारत सरकारले अगाडिको प्रक्रिया अघि बढाउनेछ र संसदमा यस विधेयक पेस गर्नका लागि राष्ट्रपतिको सिफारिस लिइने बताइएको छ ।

केरलामा मार्च–अप्रिलमा विधानसभा चुनाव हुने अपेक्षा गरिएको छ । त्यस अगाडि नै नाम परिवर्तनको यस प्रस्तावलाई स्वीकृति मिलेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ४२ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत