को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ? « Khabarhub

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट कोहलीको एउटा ठुलो कीर्तिमान तोडेका छन् । फरहान फेब्रुअरी महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ घोषित भएका हुन् ।

२८ वर्षीय फरहानले यो उपाधि जितेसँगै कोहलीको ऐतिहासिक कीर्तिमान तोडेका हुन् । फेब्रुअरी महिनामा उनले खेलेका विभिन्न शृङ्खलाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । आईसीसीले हरेक महिना प्रदान गर्ने यो प्रतिष्ठित अवार्डका लागि अन्य दुई खेलाडीलाई पछि पार्दै फरहान चुनिएका हुन् ।

पछिल्लो समय लयमा रहेका फरहानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको निरन्तरताको उच्च कदर गर्दै आईसीसीले उनलाई यो सम्मान दिएको हो । कोहलीको कीर्तिमान तोडिएपछि विश्व क्रिकेट जगतमा अहिले फरहानको चर्चा चुलिएको छ । उनले आफ्नो यो सफलतालाई कडा मिहिनेत र टिमको सामूहिक प्रयासको परिणाम भएको बताएका छन् ।

टी–२० विश्वकपको एउटै संस्करणमा उनले ७ खेलमा ३८३ रन बनाउँदै कोहलीको कीर्तिमान तोडेका हुन् । उनी विश्वकपको एउटै संस्करणमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले यो उपाधिलाई जीवनको यादगार क्षण भनेका छन् । उनले आफ्नो सफलताको श्रेय पाकिस्तानी टिमलाई दिएका छन् ।

महिलातर्फको प्लेयर अफ द मन्थ अवार्ड भने भारतीय बलर अरुन्धती रेड्डीले जितेकी छन् । उनले पाकिस्तानकी फातिमा सना र श्रीलंकाकी हर्षिता समरविक्रमालाई पछि पारेकी हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ३० बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा