को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ? « Khabarhub

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट कोहलीको एउटा ठुलो कीर्तिमान तोडेका छन् । फरहान फेब्रुअरी महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ घोषित भएका हुन् ।

२८ वर्षीय फरहानले यो उपाधि जितेसँगै कोहलीको ऐतिहासिक कीर्तिमान तोडेका हुन् । फेब्रुअरी महिनामा उनले खेलेका विभिन्न शृङ्खलाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । आईसीसीले हरेक महिना प्रदान गर्ने यो प्रतिष्ठित अवार्डका लागि अन्य दुई खेलाडीलाई पछि पार्दै फरहान चुनिएका हुन् ।

पछिल्लो समय लयमा रहेका फरहानले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा देखाएको निरन्तरताको उच्च कदर गर्दै आईसीसीले उनलाई यो सम्मान दिएको हो । कोहलीको कीर्तिमान तोडिएपछि विश्व क्रिकेट जगतमा अहिले फरहानको चर्चा चुलिएको छ । उनले आफ्नो यो सफलतालाई कडा मिहिनेत र टिमको सामूहिक प्रयासको परिणाम भएको बताएका छन् ।

टी–२० विश्वकपको एउटै संस्करणमा उनले ७ खेलमा ३८३ रन बनाउँदै कोहलीको कीर्तिमान तोडेका हुन् । उनी विश्वकपको एउटै संस्करणमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले यो उपाधिलाई जीवनको यादगार क्षण भनेका छन् । उनले आफ्नो सफलताको श्रेय पाकिस्तानी टिमलाई दिएका छन् ।

महिलातर्फको प्लेयर अफ द मन्थ अवार्ड भने भारतीय बलर अरुन्धती रेड्डीले जितेकी छन् । उनले पाकिस्तानकी फातिमा सना र श्रीलंकाकी हर्षिता समरविक्रमालाई पछि पारेकी हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ३० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्