पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर « Khabarhub

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै विगतका सरकारी नियुक्ति खाएकालाई पद छाड्न अनुरोध गरेका छन् । उनले विगतमा नियुक्ति खाएकालाई अब लामो सास नफेर्न सल्लाह दिँदै यस्तो बताएका हुन् ।

उनले पछि सरकारले हटायो भन्नुभन्दा अगाडि नै छोडेर स्वाभिमान देखाउन अनुरोधसमेत गरेका छन् ।

‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन्। विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि’, उनले फेसबुकमा लेखेका छन्, ‘अब लामो सास नफेर । सल्लाह पनि नखोज । “हटायो” भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ ।’

उनले अन्तिममा लेखेका छन्,– “ स्वाभिमान “ —दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको “कर्तुत” होइन।’

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ०३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स