कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी « Khabarhub

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म नौ करोड ६२ लाख ४१ हजार सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा एक करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशतमात्रै सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मङ्सिरमा एक करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले एक करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयका अनुसार असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन ।

भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने दाबी गरे । उनले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताए । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे ।

गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो । त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । आव २०८०–८१ मा १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकामा १० करोड दुई लाख ४२ हजार सङ्कलन भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९–८० मा १६ करोड ९४ लाख ४१ हजार राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले सात करोड ५० लाख ४० हजारमात्रै सङ्कलन गर्न सक्यो ।

आव २०७८–७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजारमात्र सङ्कलन गर्न सक्यो । १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आर्थिक वर्ष २०७७–७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गरेको थियो । (रासस)

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : ५६ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको