‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’ « Khabarhub

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २ मधुमेह र हृदय रोग निम्त्याउने कुरा हालैका अध्ययनहरूले देखाएपछि विज्ञहरू चिन्तित बनेका छन् ।

दिनहुँ एक क्यान कोक जस्ता चिनीयुक्त पेय पिउनाले कलेजोमा बोसो जम्ने जोखिम ५० प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ ।

सामाजिक सञ्जालमा प्रचलित एउटा कथा अनुसार एक क्यान कोक पिउँदा तपाईंको जीवनको १२ मिनेट घट्छ । यद्यपि यो पूर्ण रूपमा सही नभए पनि यसले स्वास्थ्य जोखिमप्रति सचेतना बढाएको टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ ।

हालैका अध्ययनहरूका निष्कर्षहरू

बेलायतको अध्ययन : १० वर्षसम्म १ लाख २३ हजार मानिसहरूमा गरिएको अध्ययनले दैनिक एक चिनीयुक्त पेय पिउनाले कलेजोको रोगको जोखिम ५० प्रतिशत बढाउने देखाएको छ ।

नेचर मेडिसिन : जनवरीमा प्रकाशित यस प्रतिष्ठित जर्नलका अनुसार चिनीयुक्त पेय पदार्थहरू विश्वभर लाखौं नयाँ टाइप २ मधुमेह र हृदय रोगका केसहरूसँग जोडिएका छन् ।

स्वीडिस वैज्ञानिकहरू : उनीहरूका अनुसार यस्ता पेय पदार्थहरू अन्य कुनै पनि गुलियो खानेकुरा भन्दा स्वास्थ्यका लागि बढी हानिकारक छन्, जसले स्ट्रोक, मुटु फेल हुने र मुटुको धड्कन अनियन्त्रित हुने जोखिम बढाउँछन् ।

एक क्यान कोकमा के–के हुन्छ ?

१४० क्यालोरी हुन्छ, जुन मात्र समस्या होइन, तर, यसको लत लाग्ने बनावट मुख्य समस्या हो । एक क्यान कोकमा ३५ ग्राम चिनी हुन्छ, जुन वयस्कका लागि सिफारिस गरिएको दैनिक सीमा (३० ग्राम) भन्दा बढी हो । यसले दाँत सड्ने जोखिम पनि बढाउँछ ।

त्यस्तै, एक क्यान कोकमा ३३ मिलीग्राम क्याफिन हुन्छ, यो एक लत लगाउने पदार्थ हो । जबकी ११ वर्ष मुनिका बालबालिकाका लागि क्याफिनको कुनै पनि मात्रा सुरक्षित मानिँदैन ।

कोकमा फस्फोरिक एसिड थोरै मात्रा हुन्छ, यसले चिनीको अत्यधिक गुलियोपनलाई लुकाउने काम गर्छ । यसले दाँतको इनामेल कमजोर बनाउनुका साथै हड्डीको स्वास्थ्यमा पनि असर गर्न सक्छ ।

कारामेल रङ थोरै मात्रामा हुन्छ । यसले कोकलाई विशिष्ट रङ दिन्छ, तर यसको दीर्घकालीन असरबारे वैज्ञानिकहरू चिन्तित छन् ।

कोक पिएको एक घण्टाभित्र शरीरमा हुने परिवर्तनहरू

कोक पिएको १० मिनेट पछि चिनी रगतमा पुग्छ । कोकमा भएको चिनी सजिलै सोसिने हुनाले १० मिनेटभित्रै यो रक्तप्रवाहमा पुग्छ । फस्फोरिक एसिडले गर्दा यति धेरै चिनी एकैपटक खाँदा पनि वाकवाकी लाग्दैन ।

२० मिनेट पछि रगतमा सुगर बढ्छ । चिनीमा हुने ‘फ्रुक्टोज’ सिधै कलेजोमा पुग्छ र बोसोमा परिणत हुन्छ । यसले कालान्तरमा कलेजोमा बोसो जम्ने समस्या निम्त्याउँछ ।

४५ मिनेट पछि शरीरले सबै क्याफिन पूर्ण रूपमा सोस्छ । चिनी र क्याफिनको मिश्रणले मस्तिष्कको ‘आनन्द केन्द्र’ लाई सक्रिय बनाउँछ, जसले गर्दा मानिसलाई यसको लत बस्न सक्छ ।

६० मिनेट पछि रगतमा चिनीको मात्रा एक्कासि बढेर फेरि घट्ने हुनाले एक घण्टापछि मानिसलाई झर्को लाग्ने, आलस्य हुने र निद्रा लाग्ने जस्ता समस्या देखिन सक्छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : ३१ बजे

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

कास्की- देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्ज (पर्सा)- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन गर्दा ५० तोला सुन प्राप्त

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा

गैरकानूनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुत बनाउन पछिल्लो

कनकाईबाट ५६३ ग्राम खैरो हेरोइनसहित दुई पक्राउ

भद्रपुर (झापा)- झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागूऔषध खैरो हेरोइनसहित