टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान « Khabarhub

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं) ले क्षयरोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन खुद्रा औषधि व्यवसायीहरूलाई औपचारिक रूपमा राष्ट्रिय साझेदारका रूपमा समावेश गर्न सरकारसँग आग्रह गरेको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग अझै पनि विश्वकै प्रमुख सङ्क्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनका तथ्यांक उद्धृत गरेको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा क्षयरोग (टीबी) अझै पनि विश्वकै प्रमुख संक्रामक घातक रोगमध्ये एक रहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन को तथ्यांक उद्धृत गरेको छ । 

सन् २०२४ मा विश्वभर करिब १ करोड ७ लाख मानिस टीबीबाट प्रभावित भएका थिए भने करिब १२.३ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको सन्देश ‘हो हामी क्षयरोग अन्त्य गर्छौ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भनी डब्लुएचओले अघि सारेको सन्दर्भमा संघले राजनीतिक इच्छाशक्ति, सामुदायिक सहभागिता र बहु क्षेत्रीय सहकार्य अपरिहार्य रहेको जनाएको छ । 

नेपालमा पनि क्षयरोग गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा कायम रहेको उल्लेख गर्दै संघले औषधि प्रतिरोधी क्षयरोग (डीआर-टीबी) बढ्दो चिन्ताको विषय बनेको जनाएको छ । संघका अनुसार बिरामीहरूमा लामो समयसम्म खोकी, ज्वरो, तौल घट्ने वा राति पसिना आउने जस्ता लक्षण देखिँदा उनीहरू प्रायः सबैभन्दा पहिले नजिकको औषधि पसलमा पुग्ने गर्छन् । त्यसैले खुद्रा औषधि व्यवसायीहरूलाई टीबी नियन्त्रणको ‘पहिलो सम्पर्क बिन्दु’ का रूपमा औपचारिक रूपमा मान्यता दिनुपर्ने माग गरिएको छ ।

यस सन्दर्भमा संघले जान्ट्रा सँगको सहकार्यमा विभिन्न क्षेत्रमा टीबी सम्भावित बिरामी पहिचान, परीक्षणका लागि रेफरल र समुदायस्तरमा सक्रिय परिचालन गर्दै आएको जनाएको छ । यस्तो अभ्यासले उपचार पालनामा सकारात्मक परिणाम दिएको दाबी गरिएको छ ।

संघले सात बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । जसमा लक्षण भएका बिरामीको प्रारम्भिक पहिचान र रेफरल, जनचेतना अभिवृद्धि, उपचार बीचमै नछोड्न प्रेरणा, औषधिको जिम्मेवार प्रयोग, डीआर-टीबी न्यूनीकरण तथा नीति संवादमा सक्रिय सहभागिता जनाउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायत सरोकारवाला निकायसँग औषधि व्यवसायीहरूलाई मोडलमार्फत राष्ट्रिय कार्यक्रममा समावेश गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : ०१ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको