इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट « Khabarhub

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा सबैभन्दा पहिले अघि आएको बताएका छन्।

हेगसेथले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न आवश्यक भएकाले कारबाही गर्नुपर्ने धारणा राखेका उनले बताए । यस युद्धमा रक्षामन्त्री हेगसेथ सक्रिय रूपमा अगाडि देखिएका छन्।

उनले अमेरिकाको लक्ष्य इरानको मिसाइल, ड्रोन र नौसैनिक क्षमतालाई समाप्त गर्नु रहेको बताएका छन्। तर युद्ध कहिले समाप्त हुन्छ भन्नेबारे उनले स्पष्ट बताएका छैनन्।

सरकारभित्र यस विषयमा पूर्ण सहमति छैन। ट्रम्पले उपराष्ट्रपति जेडी भान्स यस निर्णयप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको स्वीकार गरेका छन्, यद्यपि उनले खुला विरोध गरेका छैनन्।

अमेरिकाका केही अधिकारीहरूले युद्धको समर्थन गरेका छन् भने केही यसको विपक्षमा छन्। यसैबीच एक उच्च अधिकारीले राजीनामासमेत दिएका छन्।

इरानको अडान

उता अमेरिकी युद्ध खेपिरहेको इरानले हालको द्वन्द्वमा पछि नहट्ने र क्षतिपूर्ति नपाएसम्म युद्ध जारी राख्ने जनाएको छ।

इरानी सर्वोच्च नेता मोज्ताब खामेनेईका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले इरानका सर्तहरू स्पष्ट रहेको बताएका छन्।

उनले सबै आर्थिक प्रतिबन्ध हटाइनु पर्ने र भविष्यमा अमेरिकाले हस्तक्षेप नगर्ने ठोस ग्यारेन्टी दिनु पर्ने माग गरेका छन् ।

रेजाइले टेलिभिजनमार्फत दिएको वक्तव्यमा इरानी सेनाले पूर्ण शक्तिका साथ देशको रक्षा अभियान सञ्चालन गरिरहेको उनलले बताएका छन् ।

नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको अवस्था मजबुत रूपमा सम्हालिएको पनि उनले बताएका छन्।

यसअघि इरानी संसद्का सभामुख मोहम्मद बाघेर घलीबाफले पनि देशका नागरिकहरूले आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने माग गरिरहेको बताएका थिए।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : १५ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट