टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू) « Khabarhub

टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू)


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।

अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमबार डोजर चलाइएको थियो ।  प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर चलाएको स्थानीयहरूले  गुनासो गरेका छन् ।

साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ को दाहालगौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा बनेका घरटहरामा डोजर चलाइएको छ  । 

सोही जग्गामा करिब ३० वर्षदेखि बस्दै आएकी आछ माया तामाङले १८ घरधुरी पूर्ण रुपमा सुकुम्बासी रहेको र बाँकी सटरहरु चाहिँ वडा अध्यक्ष नरुत्तम रानाले महिनाको लाखौं भाँडा लिने गरी भाँडामा दिएको जानकारी दिइन् । 

सो सरकारी जग्गा अतिक्रमण गरी घर सटर भाँडामा लगाउने काममा  वडा अध्यक्ष स्वयम् संलग्न रहेको स्थानीयहरूले बताएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : ३३ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन