सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ « Khabarhub

सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा १५औँ महाधिवेशन बोलाउने विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको छ।

कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको बताइएको छ।

बैठकमा सभापति गगनकुमार थापाले सम्बोधन गर्दै आफ्नो हालैको राजीनामाबारे स्पष्टीकरण दिएका छन्। उनले आफू कुनै दबाबमा नभई स्वेच्छाले राजीनामा दिने निर्णयमा पुगेको बताएका छन्।

थापाले निर्वाचनलगत्तै राजीनामा दिन चाहेको तर केही प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे। उनले चैत ३ गते नै राजीनामाको विषय टुंग्याएको जानकारी दिए।

‘म नेपाली कांग्रेसको सभापति हुँ, टिमको क्याप्टेन हुँ। मेरो नेतृत्वमा पार्टी चुनावमा गएको हो, त्यसैले म जवाफदेही हुनुपर्छ,’ थापाले भने।

पार्टीभित्रका उपसभापति र महामन्त्रीहरूसमेतप्रति आफू जवाफदेही हुनुपर्ने महसुस गर्दै राजीनामा दिएको उनले बताए । उनले यसबीच कार्यकर्ताबाट ठूलो माया, विश्वास र समर्थन पाएको पनि बताए।

गत बुधबार दिएको थापाको राजीनामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेको थियो। त्यसपछि मंगलबारको बैठकमा उनी सहभागी भएर सम्बोधन गरिरहेका हुन्।

थापाले अब को सही र को गलत भन्ने बहसमा अल्झिनु आवश्यक नभएको उल्लेख गर्दै यसको अन्तिम टुंगो महाधिवेशनले लगाउने बताए। ‘अब छलफल र निर्णय महाधिवेशनबाटै हुन्छ,’ उनले भने।

उनले महाधिवेशनको समय र प्रक्रियाबारे आफूले प्रस्तावहरू राख्ने पनि जानकारी दिएका छन्।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : ०१ बजे

रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना

का‌ठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको