रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ « Khabarhub

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन् ।

मंगलबार सानेपामा बसिरहेको बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘पाँच वर्षका लागि सरकारको ड्राइभिङ सिट प्राप्त गरेकोमा रास्वपालाई बधाई छ । अबको पाँच वर्ष सफलतापूर्वक सरकार चलाओस्’, उनले भने, ‘कांग्रेसलाई फरक र परिपक्व जिम्मेवारी मिलेको छ । अब कांग्रेसले प्रमुख प्रतिपक्षीका रुपमा सरकारलाई जिम्मेवार बनाउने भूमिका खेल्छ । हामी रास्वपा नेतृत्वको सरकारलाई सफल बनाउन रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौँ।’

थापाले अब यसबीचमा गिरीबन्धु प्रकरण, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका भनिएका पैसाबारे छानबिन हुनुपर्ने बताए ।

थापाले भनेका गिरीबन्धुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको थियो । उता भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निवासमा भेटिएको भनिएको पैसाबारे पनि छानबिन हुनुपर्ने उनले बताए ।

त्यस्तै भदौ २३ गते भएको युवाहरूको हताहती र भदौ २४ गतेको विध्वंशको पनि छानबिन र त्यसमा संलग्नलाई कारबाही गरिनुपर्ने उनले बताएका छन् ।

उनले सार्वजनिक ओहदामा यसअघि बसेका सबैको सम्पत्ति छानबिन गरेर जिम्मेवार बनाउनुपर्ने बताए । यसमा कांग्रेसले रास्वपा सरकारलाई पूरा साथ दिने उनको भनाइ छ।








प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : १५ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को