निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो « Khabarhub

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन । 

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगतो सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । उक्त सडक २०७९ सालको भदौमा सम्झौता भएको थियो । सम्झौता अनुसार काम गरेको भएमा २०८१ सालको भदौमा हस्तान्तरण भइसक्नुपर्ने थियो । 

आठ किमि सडक कालोपत्रका लागि दुई पटक ठेक्का सम्झौता थप गरे पनि ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले समयमै काम नसक्दा दोस्रो पटक म्याद थप गरेको जानकारी दिए। 

सडक निर्माणको जिम्मा वल्र्डवाइड-लोपूर्ण जेभी निर्माण कम्पनीले लिएको थियो । स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायी विरुद्ध आन्दोलन गरेका थिए । 

सुरुमा भुक्तानीको समस्या देखाउँदै निर्माण व्यवसायीले काम गर्न आनाकानी गरेको थियो । २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नति, ढलान र कालोपत्र गर्ने सम्झौता भएको थियो । 

उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका सिधा सडकमार्फत जोडिन सहज हुने छ । 
 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : ४० बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले