सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका « Khabarhub

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी पन्ध्रौँ महाधिवेशनको कार्यतालिका ल्याएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् ।

कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ । त्यहीअनुसार उनले केन्द्रीय महाधिवेशन भदौ २४ ,२५ र २६ गते गर्ने गरी कार्यतालिका ल्याएका हुन् ।

यस्तो छ कार्यतालिका

२०८२ चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यताको नयाँ फराम वडासम्म पुर्‍याउने ।
क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि सबै १६५ क्षेत्रमा प्रतिनिधि खटाउने।
२०८३ वैशाख १ गतेदेखि मसान्तसम्म ६७४३ वडामै क्रियाशील सदस्यता वितरण र अध्यावधिक हुन्छ।
यस काममा सबै वडालाई लगाइने । क्रियाशील सदस्यता लिन चाहनेले वडामै गएर फर्म भर्नुपर्ने । क्रियाशील सदस्यताका लागि वडालाई आईडी र पासवर्ड दिने ।
२०८३ वैशाख महिनाभर सदस्यता अभियान चलाइने ।
२०८३ जेठ १ गतेदेखि १५ गतेसम्म क्रियाशील सदस्यता वडा र पालिकाबाट जिल्ला र क्षेत्रमा पठाउने । २०८३ जेठ २५ गतेसम्म क्षेत्र र जिल्लाले इन्ट्री गरेर पठाउने ।
२०८३ असार १५ सम्म केन्द्रीय कार्यसमितिले त्यसमाथि छानबिन गर्ने । २०८३ मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई पठाउने ।
२०८३ असार १५ सम्म केन्द्रले क्रियाशील सदस्यता टुंग्याउने ।
२०८३ साउन भित्रमा जनसम्पर्क समितिबारे निर्णय गर्ने ।
गाउँ-नगर वडा अधिवेशन – साउन ६ गते गर्ने ।
गाउँ-नगर पालिका अधिवेशन – साउन १२ गते गर्ने ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन – साउन २३ गते गर्ने ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन – साउन ३० गते गर्ने ।
जिल्ला अधिवेशन – भदौ ६ र ७ गते गर्ने ।
प्रदेश अधिवेशन – भदौ १५ र १६ गते गर्ने ।
केन्द्रीय महाधिवेशन – भदौ २४ ,२५ र २६ गते गर्ने ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : २० बजे

सुकुम्वासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह

काठमाडौं– नेकपा (एमाले)ले सुकुम्वासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा

इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम

बग्दाद- इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

रोम- गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य

काठमाडौं– आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको