नेप्से परिसूचक २३ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक २३ अंकले बढ्यो


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ । 

आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा रु १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६७, विकास बैंक एक दशमलव ३८, वित्त शून्य दशमलव ५१, जलविद्युत् एक दशमलव ३२, लगानी शून्य दशमलव ११, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव २५ र व्यापार समूह नौ दशमलव १२ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । 

जलविद्युत् शून्य दशमलव १७, जीवन बीमा शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ४६, निर्जीवन बीमा शून्य दशमलव ३८ र अन्य समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको ६७ करोड ४३ लाख ८४ हजार ३४१ बराबरको खरिद–बिक्री भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर शेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ४५ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर