इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार « Khabarhub

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ । १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको यस अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

इनड्राइभका अनुसार साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुईवटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ । 

अभियानका प्रमुख विजेताहरू यसप्रकार छन् :

·       टाटा एक्सप्रेस-टी ईभी (क्याब चालक श्रेणी) : तुम बहादुर थापा मगर

·        टीभीएस राइडर  (बाइक/मोटो राइडर श्रेणी) : अशेष मगर

उक्त दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन् ।

कार्यक्रममा ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो जसमा, 

●    १५ जना विजेतालाई रेडमी नोट १४ ५जी स्मार्टफोन

●    ३० जना विजेतालाई अल्टिमा एटम १९२ ब्लुटुथ इयरबड्स

●    ३० जना विजेतालाई अल्टिमा सर्कल स्मार्ट वाच

●    १,५०० जना विजेतालाई पेट्रोल भौचर

पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुम बहादुरले भने, ‘हाम्रो मेहनत र समर्पणको कदर गरेकोमा म इनड्राइभप्रति हार्दिक आभारी छु । प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुन्छ। यो उपलब्धिले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।’

त्यसैगरी, राइडर साझेदार अशेषले भने, ‘ग्रान्ड पुरस्कार जित्न पाउँदा निकै खुशी लागेको छ। यस अभियानले आफ्नो प्रदर्शन सुधार गर्न र सेवा स्तर कायम राख्न प्रेरित गरेको छ। यो उपलब्धि मेरो र मेरो परिवारका लागि गर्वको विषय हो।’

इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले भनिन्, ‘हाम्रा चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार हुन् । उहाँहरूको समर्पणको सम्मान गर्दै हामीले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सञ्चालन गरेका हौँ । यस अभियानले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ।’

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ४ : १० बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा