श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ « Khabarhub

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले पनि गगन थापाको राजीनामा माग नगरेको स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टीको आन्तरिक कारण समेत रहेपनि आफूहरू लगायत अन्य शेर बहादुर देउवा निकट कसैले पनि व्यक्तिगत वा सामूहिक रुपमा राजीनामा माग नगरेको स्पष्ट पारेका हुन् ।

उनले पार्टीले सही नीति र निर्णय गर्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको बताए । नेता घिमिरेले पार्टीको विवाद अहिले अदालतमा रहेकाले अदालतले दिने आदेश स्वीकार्य हुने उल्लेख गरे । 

अदालतले जसको पक्षमा फैसला गर्‍यो, उसैलाई सभापति मान्न आफूहरू तयार रहेको उनले बताए। त्यस्तै उनले जसको नेतृत्वमा भए पनि पार्टीलाई महाधिवेशन उन्मुख गराउनुपर्नेमा जोड दिए । 

घिमिरेले काङ्ग्रेसको महाधिवेशनबाट पार्टीको राजनीतिक दृष्टिकोणकासाथै आर्थिक नीति, परराष्ट्र नीति लगायतमा स्पष्ट भएर अघि बढ्नुपर्ने जिकिर गरे । 

त्यस्तै नेता घिमिरेले राष्ट्रिय सरोकारका विषयमा ठूलो दल रास्वपाले आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । अव बन्ने सरकारले उदारवादी अर्थनीतिलाई नै अवलम्बन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : ०७ बजे

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने