गण्डकीमाथि बागमती प्रदेशको शानदार जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो । 

गण्डकी ३१.५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो । उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय साथ दिन सकेनन् । बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र ईशान पाण्डेले समान  २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले समान १–१ विकेट लिए ।

त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीको लागि ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ६१ बलमा सर्वाधिक ७१ रन जोडे । त्यस्तै अशुतोष घिरैयाले ५९ रनको योगदान  दिए । शुभ कङ्साकारले ४४ रन बनाए ।  कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल