‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा « Khabarhub

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा परेको छ। विश्वका ९५ देशका ५०७ विश्वविद्यालय समेटिएको उक्त र्‍याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचक प्रयोग गरिएको थियो।

उक्त र्‍याङ्किङ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ। संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया, कार्यसम्पादन र नतिजाका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने जनाएको छ।

प्रतिवेदनअनुसार काठमाडौँ विश्वविद्यालयले सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्यउन्मुख योजनामा विशेष सम्भावना देखाएको छ। र्‍याङ्किङको विशेषता विश्वविद्यालयको नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको उल्लेख गरिएको छ।

मूल्याङ्कनका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत विषय समेटिएका छन्। शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले र्‍याङ्किङ तयार गरिएको संस्थाले जनाएको छ।

काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’की सचिव नूरा अब्दुलजलीलले यो उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरेकी छन्। उनले यसले विश्वविद्यालयको शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काएको बताएकी छन्।

विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा.डा हेमराज काफ्लेले उक्त प्रतिवेदनले संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए। उनका अनुसार यसले विश्वविद्यालयको सञ्चालन प्रणालीबारे उपयोगी जानकारी दिएको र आगामी अन्तरराष्ट्रिय र्‍याङ्किङमा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न सहयोग पुग्नेछ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : १७ बजे

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश