नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि « Khabarhub

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्ने गरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार, बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उमेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायत विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।

“हामीले विभिन्न ११ वटा बैठकका एजेन्डाहरू तय गरेका छौँ । आज यी एजेन्डाहरूमाथि २८ जना केन्द्रीय सदस्यहरूलेआफ्नो धारणा राखिसक्नुभएको छ । बाँकी साथीहरूले भोलिको बैठकमा भाग लिनुहुनेछ,” चालिसेले भने, “भोलि नै हामी सबै विषयहरूमा निष्कर्षमा पुग्नेछौँ । सबै कुराहरू छलफलकै क्रममा रहेकोले आज केही निर्णय भएको छैन ।”

मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ५३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना