महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा « Khabarhub

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जनाइएको छ । यस्तै, बलवा, भङ्गहा, औरही र रामगोपालपुर गरी चार नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने बर्दिबास र गौशाला नगरपालिका बाढीको कम जोखिममा रहेका छन् ।

जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । उनले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । रासस

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ३० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक