हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी « Khabarhub

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म  ट्रुथ सोसियलमा  पोस्ट गर्दै यस्तो बताएका हुन्।

ट्रम्पले इरानभित्र नेतृत्व र नीतिगत स्पष्टता नभएको आरोप लगाउँदै त्यहाँ ‘कट्टरपन्थी’ र ‘उदारवादी’ समूहबीच तीव्र द्वन्द्व चलिरहेको उल्लेख गरेका छन्। उनका अनुसार कट्टरपन्थी समूह युद्धमैदानमा कमजोर बन्दै गइरहेको छ भने उदारवादी समूहले अपेक्षाकृत समर्थन पाइरहेको छ।

उनले हर्मुज जलडमरूमध्यमा अमेरिकाको नौसेनाको अनुमति बिना कुनै पनि जहाज आवतजावत गर्न नसक्ने दाबी गर्दै इरानसँग कुनै सहमति नभएसम्म उक्त क्षेत्र प्रभावकारी रूपमा बन्द रहने चेतावनी दिएका छन्।

तर, जापानस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको दाबीलाई ‘असम्भव’ र ‘अविवेकी’ भन्दै खारेज गरेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ०२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा