सुकुम्बासीको नाममा सयौँ टहरा भएको काठमाडौंबाट मात्र २३ जनाले दिएका छन् निवेदन « Khabarhub

सुकुम्बासीको नाममा सयौँ टहरा भएको काठमाडौंबाट मात्र २३ जनाले दिएका छन् निवेदन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्बासीको नाममा सयौं टहरा भएको काठमाडौंबाट जम्मा २३ जनाले मात्रै आफूहरू सुकुम्बासी भएको भन्दै निवेदन दिएका छन् ।

भूमि समस्या समाधान आयोगका अनुसार बिहीबारसम्म काठमाडौं महानगरभित्रबाट १४ जना भूमिहीन दलित सुकुम्बासी र ९ जना भूमिहीन सुकुम्बासीले निवेदन दिएका हुन् । त्यस्तै, महानगरभित्रबाट ३३ जनाले अव्यवस्थित बसोबासीको रूपमा निवेदन दिएको आयोगले जनाएको छ ।

देशैभरीबाट झण्डै २ लाख ८० हजारको निवेदन

आफूहरू भूमिहीन सुकुम्बासी भएको भन्दै देशैभरीबाट आयोगमा २ लाख ७८ हजार ५०७ जनाले भूमिको लागि निवेदन दिएका छन् । जसमध्ये ९८ हजार ४०८ जना भूमिहीन दलित सुकुम्बासी र १ लाख ८० हजार ९९ भूमिहीन सुकुम्बासीको निवेदन रहेको आयोगले जनाएको छ ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशबाट २८ हजार ४४८ जना, लुम्बिनी प्रदेशबाट ६६ हजार ५२८ र मधेश प्रदेशबाट ५० हजार २०३ जनाले भूमिहीन दलित सुकुम्बासी तथा भूमिहीन सुकुम्बासीको नाममा निवेदन दिएका छन् । 

त्यस्तै, बागमती प्रदेशबाट २८ हजार ४६१, गण्डकी प्रदेशबाट २१ हजार ६४४, कोशी प्रदेशबाट ७८ हजार ४२६ र कर्णाली प्रदेशबाट ४ हजार ७९७ जना भूमिहीन दलित सुकुम्बासी तथा भूमिहीन सुकुम्बासीले निवेदन दिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ११ : २७ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण