सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा « Khabarhub

सरकारको काम देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक सञ्जाललाई भरपूर उपयोग गर्छन्।

सर्वसाधारणमा चाँडो प्रभाव जमाउन सामाजिक सञ्जालको अल्गोरिदमले अहिलेको समयमा एकदमै प्रभावकारी काम गर्छ।

त्यही कुरालाई पछ्याउँदै अहिले नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै एआईबाट बनाइएको तस्बिर प्रयोग गरेर गृहमन्त्री सुधन गुरुङले समेत प्रचार गर्न भ्याएका छन्।

सामाजिक सञ्जाल प्रयोगमार्फत् मानिसहरूको सेन्टिमेन्ट लिन गृहमन्त्री चतुर खेलाडी मानिन्छन् । अहिले जारी उद्धार अभियानमा पनि उनी हेलिकप्टर चढेर पुग्छन् । पछिल्लो पटक त्रिशूली थ्री ए बाट दुईजना प्राविधिकको उद्धार गरिएपछि उनि आफैं हेलिकप्टर चढेर पुगेका थिए ।

तीन दिनसम्म प्रयास गर्दा पनि सफल नभएपछि फिरेका उनी प्राविधिकहरू जीवितै भेटिएको खबर पाएपछि हेलिपक्टरबाट उत्रिएर अक्सिजन सिलिन्डर बोक्न पुगेका थिए । उक्त अक्सिजन सिलिन्डर बोक्दा बिरामीलाई भन्दा उनलाई बढी फोकस गरिएपछि उनी हाँसो मजाकका विषय पनि बने ।

गत भदौ १० गतेको भोटेकोसी बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि ६० मिटर लामो एक्रोब्रिज जडानको काम भइरहेका बेला एआईले बनाएको सम्पन्न भइसकेको देखाउने फोटो उनले पनि हालेका छन्।

त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती खण्डमा पर्ने उक्त पुल निर्माणको काम नेपाली सेनाले सुरु गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तर अझै पनि उक्त काम सकिन कम्तीमा चार दिन लाग्ने अवस्था रहेको स्थानीय पत्रकार रामहरि न्यौपाने बताउँछन् । उनले विपद्को समयमा एआईबाट तस्बिर बनाएर पुल निर्माण सम्पन्न भइसकेको गलत सन्देश नदिन आग्रह गरेका छन्।

यो अवस्थामा पुल निर्माणको काम जारी रहेकै अवस्थामा सामाजिक सञ्जालमा एआईबाट बनाइएको तस्बिर प्रयोग गरी पुल तयार भइसकेको र सवारीसाधनसमेत सञ्चालनमा आएको जस्तो देखाउने गरी गुरुङले पनि फेसबुक पोस्ट हालेका थिए ।

यसको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कमेडियन हिमेश पन्तले आइतबार बिहान फेसबुकमा हालेर सुरु गरेका थिए थिए । त्यसपछि पूर्वसचिव भीम उपाध्यायले पनि सम्पन्न भइसकेको बताए । तर उनीहरूले हालेको तस्बिरमा दुवैतर्फ घर देखिन्छन् । जबकि भदौ १० को बाढीले पुलको दुवैतिरको मुखका घर ध्वस्त पारिसकेको छ ।

पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले समेत सोही प्रकारको तस्बिर प्रयोग गरेकी छन्। तर वास्तविकतामा पुलको वारीतर्फ केही भागमा स्टिल राख्ने काम सुरु भए पनि पारितर्फको काम अघि बढिसकेको छैन।

भोटेकोशी बाढीपछि ११ दिनमै देवीघाटमा एक्रोब्रिज जडानको काम अघि बढ्नु आफैँमा चुनौतीपूर्ण भए पनि पुल पूर्ण रूपमा तयार भइनसकेको स्थानीय तथा पत्रकारहरू बताउँछन्।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  २ : ४५ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति