किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन « Khabarhub

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रोपाइँका समयमा किसानहरूले हरेक वर्ष मल अभावको समस्या भोग्ने गरेको भन्दै यसवर्ष सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो ।

कृषकको माग अनुसार रासायनिक मलको समयमा नै आपूर्ति गरी सहज रुपमा बिक्री वितरण गर्ने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयन्ती देवी राईले जानकारी दिइन् । 

बैठकले आगामी दिनमा नेपालमा नै रासायनिक मल कारखाना स्थापना गरी उत्पादन गर्ने गरी आवश्यक व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएको छ भने जैविक कम्पोस्ट मल प्रयोग बढाउन तहगत सरकार र किसानसँग समन्वय गरी किसान प्रोत्साहन र सचेतनाको कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्न समेत नीतिगत व्यवस्था गर्न समेत सुझाव दिइएको सभापति राईले बताए ।  

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आगामी रोपाइँसम्मका लागि पुग्ने मल उपलब्ध रहेको भन्दै त्यसपछिका लागि भने आपूर्तिका लागि प्रयास भइरहेको बताइन् ।

जैविक प्राङ्गारिक मललाई प्रोत्साहन गर्नका लागि नीतिगत सुधारका काम भइरहेको उनले बताइन् । मन्त्री चौधरीले कृषि क्षेत्रमा रहेका कमजोरी पहिचान गरी सुधारका उपाय लागू गर्ने, कृषि सामग्रीको आपूर्ति अवस्था, वितरण प्रक्रियालाई सहज बनाउने काममा प्रतिबद्ध रहेको धारणा राखिन् । 

त्यस्तै मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले इरान–अमेरिका युद्धका कारण टेन्डर भएका मल आपूर्तिमा समस्या भएको बताए । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले यस वर्ष मल आयात चुनौतीपूर्ण रहेको भन्दै पर्याप्त रुपमा मल खरिद गर्न बजेटको समेत अभाव रहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरूले रैथाने बीउको संरक्षण तथा किसानलाई गुणस्तरीय बीउ–बिजको सहज वितरण सुनिश्चितका साथै कृषि उत्पादनको निर्यातमा देखिएको असमानता हटाउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  २ : ५२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा