धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

धमाधम बोराबिस्तारा कस्दै थापाथलीका सुकुम्वासी (तस्बिरहरू)


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्वासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ।

गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा छन् । केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन् । कतिपय अझै पनि आफ्नो थोरै सम्पत्ति मिलाउँदै र जोगाउँदै छन्।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ ।

‘हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन। हिजो माइकमै ‘सामान सुरक्षित राख्नु’ भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन’, एक महिला ले भनिन् ।

बस्तीका केही भागमा विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्वासीहरूले सत्तारूढ दलको बाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्।

उनीहरूको मुख्य चिन्ता एउटै छ, स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्।

‘हामी काम गरेर पेट पाल्ने मान्छे हौँ,’ अर्का एक बासिन्दा भन्छन्, ‘जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।’

केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएकोबाहेक महानगरपालिकाबाट कुनै समन्वय नभएको उनीहरूले बताएका छन् ।

‘हामी यहाँ रहरले होइन, बाध्यताले बसेका हौं,’ एक वृद्धले भने, ‘अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।’

अहिलेलाई आन्दोलित धेरैजसो परिवारले रातमा पनि यहीँ बस्ने निर्णय गरेका छन्। उनीहरू रास्वपा र बालेन शाह नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

शब्द/तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : १८ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार