भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य « Khabarhub

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भानुआतुले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९७ रनको योगफल बनाएको हो ।

भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४२ रन  बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । नासिमाना नवाइकाले १८ रन बनाइन् भने सेलिना सोलमन र सुसन स्टिफनले समान १०–१० रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै  मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले समान एक–एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङ उत्रेको छ ।
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : १९ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव