भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य « Khabarhub

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी महिला टि–२० च्यालेन्ज ट्रफीमा भानुआतुले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ ।

रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भानुआतुले  निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९७ रनको योगफल बनाएको हो ।

भानुआतुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४२ रन  बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् । नासिमाना नवाइकाले १८ रन बनाइन् भने सेलिना सोलमन र सुसन स्टिफनले समान १०–१० रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै  मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले समान एक–एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङ उत्रेको छ ।
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका