देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल « Khabarhub

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

फरक विचार र आस्था भए पनि मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरुरी रहेको उनको धारणा छ । आज बालुवाटरस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको खेम शर्माको पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्तिमात्रै नभई ज्ञान, अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताए । यही सन्दर्भमा गैरआवासीय नेपाली सङ्घको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उनको धारणा छ । 

‘सङ्घले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काममात्र गरेको छैन, नेपाली अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने सेतुको काम पनि गर्दै आएको छ’, उनले भने ।  

साथै अध्यक्ष दाहालले देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप क्षमतालाई स्वदेशमै उपयोग गर्न सङ्घले सशक्त भूमिका निर्वाह गर्ने विश्वससमेत व्यक्त गरे । 

उनका अनुसार राष्ट्र निर्माणमा सरकारसँगै अरु सबैको साझा दायित्व हो । जसमा राज्य, समाज, नागरिक, बुद्धिजीवी, युवापुस्ता र प्रवासी नेपाली समुदायको भूमिका महत्त्वपूर्ण हुने उनले सुनाए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : २९ बजे

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न