सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति « Khabarhub

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा उपचारका क्रममा मृत्यु भएपछि तथ्यगत र वस्तुनिष्ठ छानबिनका लागि समिति बनाइएको हो।

श्रीकृष्ण बिकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।

यही क्रममा २०८३ वैशाख ७ गते साँझ करिब ५:५९ बजे उनले हिरासत कक्षको शौचालयमा आफ्नै सर्ट प्रयोग गरी पासो लगाएको अवस्थामा भेटिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। घाइते अवस्थामा उनलाई उपचारका लागि लगिए पनि मृत्यु भएको जनाइएको छ।

घटनाको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।

समितिमा प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजित सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्। समितिलाई ७ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ४४ बजे

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका