पार्सल तथा उपहार पठाउने नाममा ठगी गरेको आरोपमा लिम्बू पक्राउ « Khabarhub

पार्सल तथा उपहार पठाउने नाममा ठगी गरेको आरोपमा लिम्बू पक्राउ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा इलामको फाकफग्तुम गाउँपालिका–६ बस्ने २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘निजले सामाजिक सञ्जाल टिकटकमा रोहन राजपुत नाम राखेर नेपाली महिलासँग साथी भई कुराकानी गर्दै युएस डलर, गरगहना लगायतका विभिन्न उपहार काठमाडौँको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको भन्दै कष्टम चार्ज चन्दै रु दुई लाख ठगेको अभियोगमा पक्राउ गरिएको हो ।’

यसैगरी निजले सामानको ट्याक्सवापतको रकम भन्दै ह्वाट्स नम्बर ९७००४३५३३१ बाट सम्पर्क गरी विभिन्न बैंक खातामा जम्मा गर्न लगाउने गरेको र हाल सम्म उक्त नम्बरको ह्वाट्सबाट ४० भन्दा बढी नेपाली महिलालाई  सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज लिम्बूलाई ठगी कसुरमा आवश्यक थप अनुसन्धान एवं कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताए । 
 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ४९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण