परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ « Khabarhub

परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितमा संवेदनशील रहेको जनाएको छ ।  

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको र सो क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा संवेदनशील रहेको बताएका हुन् । 

पश्चिमी एसिया क्षेत्रमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि नेपाल सरकारको पहल जारी रहेको उनको भनाइ छ । उनले तेहरानमा रहेका १० जना नेपाली नागरिक मध्ये २ जना नेपाल फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले तुरुन्त फर्कन नचाहेको जानकारी दिए । 

द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानी जहाजको मुद्दाका बारेमा स्थानीय अदालतबाट एक चरणको फैसला भई चार जना रिहा भइसकेको र झ सहित बाँकीको रिहाइको प्रक्रिया अगाडी बढिसकेको उनको भनाइ छ ।

यद्यपि इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणाली अन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकोले यो विषय टुङ्गिन केही दिन लाग्न सक्ने देखिएको प्रवक्ता क्षेत्रीले बताए । 

त्यस्तै उनले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिए । थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासको पहलमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६ सय १२ नेपालीको उद्धार गरिएको समेत मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५९ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा