परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ « Khabarhub

परराष्ट्रले भन्यो- इरानमा अमृतसहितको रिहाइ प्रक्रिया अघि बढ्दै छ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिमी एसिया क्षेत्रमा द्वन्द्व कायमै रहेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितमा संवेदनशील रहेको जनाएको छ ।  

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको र सो क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा संवेदनशील रहेको बताएका हुन् । 

पश्चिमी एसिया क्षेत्रमा ठूलो संख्यामा रहेका नेपाली नागरिकको सुरक्षा र हितका लागि नेपाल सरकारको पहल जारी रहेको उनको भनाइ छ । उनले तेहरानमा रहेका १० जना नेपाली नागरिक मध्ये २ जना नेपाल फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले तुरुन्त फर्कन नचाहेको जानकारी दिए । 

द्वन्द्व सुरु हुनुपूर्व नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानी जहाजको मुद्दाका बारेमा स्थानीय अदालतबाट एक चरणको फैसला भई चार जना रिहा भइसकेको र झ सहित बाँकीको रिहाइको प्रक्रिया अगाडी बढिसकेको उनको भनाइ छ ।

यद्यपि इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणाली अन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकोले यो विषय टुङ्गिन केही दिन लाग्न सक्ने देखिएको प्रवक्ता क्षेत्रीले बताए । 

त्यस्तै उनले कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको जानकारी दिए । थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासको पहलमा हालसम्म दक्षिणपूर्वी एसियाली राष्ट्रबाट ६ सय १२ नेपालीको उद्धार गरिएको समेत मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५९ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी