पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु « Khabarhub

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी हुने गरेको छ । सुस्ता गाउँपालिका–३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवाखेती सुरु गरी हालसम्म रु तीन लाख आम्दानी गरेका छन् ।

कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अग्र्यानिक मेवाखेती गर्न थालेको उनले बताए । उनले भने, ‘कोरियाबाट मेवाखेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।’

करिब रु दुई लाख ५० हजार लागतमा १० कट्ठा जग्गामा ८०० मेवाका बिरुवाबाट खेती सुरु गरेको बताउँदै सहानीले अहिलेसम्म रु तीन लाखको मेवा बिक्री गरिसकेको जानकारी दिए । नारायणी नदीको नजिक मेवाखेती गरिरहेकाले बाढीले कुनै क्षति गरेन भने यस वर्ष रु सात लाखभन्दा बढीको मेवा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

उनका अनुसार परासी, मणिग्राम, भुमही र भैरहवाका व्यपारीले प्रतिकिलो रु ५० का दरले खेतबाटै खरिद गरेर लैजान्छन् । ‘रेडलेडी ७८६ ताइवान जातको मेवा हो, यो जातको मेवा बलौटे ९दोरस० माटोमा फल्छ’, सहानीले भने ।

जिल्लामा एक जनाले मात्र व्यावसायिक रूपमा मेवाखेती गरेका बर्दघाट सुुस्ता पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । मेवाखेतीसम्बन्धी अरु किसानलाई ज्ञान नभएको, सबै ठाउँमा दोरस माटो नभएकोलगायत कारणले अरु किसानले मेवाखेतीमा रुचि नदेखाएका उनको भनाइ छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ५३ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का