थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा « Khabarhub

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती भत्काउँदैछ । आज साँझसम्म खाली गर्न चेतावनी दिएपछि अतिक्रमण गरेर बस्दै आएका केही सुकुमवासीहरु आफैँ घर टहरा भत्काउँदै खाली गरिरहेका छन् ।

केहीले भने अटेर गर्दै बसिरहेका छन् । भोलि बिहान ७ बजेदेखि थापाथलीस्थित सुकुमवासी बस्तीमा सबैभन्दा पहिले डोजर चल्ने काठमाडौँ महानगर प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार थापाथली सुकुमवासी बस्ती भएको ठाउँमा चलाउनका लागि ५ वटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनाबारे काठमाडौँ प्रशासन र काठमाडौँ महानगरले समन्वय गरेको बताइएको छ । सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रमा डोजर लगाउँदैछ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ४४ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा