थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा « Khabarhub

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती भत्काउँदैछ । आज साँझसम्म खाली गर्न चेतावनी दिएपछि अतिक्रमण गरेर बस्दै आएका केही सुकुमवासीहरु आफैँ घर टहरा भत्काउँदै खाली गरिरहेका छन् ।

केहीले भने अटेर गर्दै बसिरहेका छन् । भोलि बिहान ७ बजेदेखि थापाथलीस्थित सुकुमवासी बस्तीमा सबैभन्दा पहिले डोजर चल्ने काठमाडौँ महानगर प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार थापाथली सुकुमवासी बस्ती भएको ठाउँमा चलाउनका लागि ५ वटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनाबारे काठमाडौँ प्रशासन र काठमाडौँ महानगरले समन्वय गरेको बताइएको छ । सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रमा डोजर लगाउँदैछ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ४४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का