अय्यरको शतकमा पञ्जाबको सानदार जित « Khabarhub

अय्यरको शतकमा पञ्जाबको सानदार जित


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ ।

लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा नायक बनेका अय्यरले ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेले । उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । तर, लखनउका ब्याटरले बनाएको उक्त बलियो योगफल पनि पञ्जाबको आक्रामक ब्याटिङसामु पर्याप्त हुन सकेन ।

पञ्जाबले १२ बल बाँकी छँदै लक्ष्य भेटाएपछि लखनउ आफ्नै घरेलु मैदानमा पराजित हुन पुगेको हो । यो जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

प्लेअफ यात्राका लागि पञ्जाबले अब राजस्थान र मुम्बई इन्डियन्सको खेलको नतिजा कुर्नु पर्नेछ । राजस्थान विजयी भए पञ्जाबको आईपीएल यात्रा सकिने छ भने पराजित भएमा चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने अवसर पाउने छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ६ : २३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले