ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए « Khabarhub

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध व्यक्ति मारिएका छन् । शनिबार साँझ भएको उक्त घटनामा एक सर्वसाधारण समेत घाइते भएका छन् ।

अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका थिए । ह्वाइट हाउसको सुरक्षामा खटिएका एजेन्टले तत्कालै जवाफी फायर गर्दा संदिग्ध बन्दुकधारीलाई गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय अस्पताल पुर्‍याइएका ती संदिग्धलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

गोलाबारीका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते भएका छैनन् । घटनाको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए तापनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि सुरक्षा कारबाही वा सञ्चालन प्रभावित नभएको सेक्रेट सर्भिसले जनाएको छ ।

गोली चल्न थालेपछि ह्वाइट हाउस क्षेत्रमा एकाएक आतंक फैलिएको थियो । ह्वाइट हाउसको उत्तरी चौरबाट प्रत्यक्ष प्रसारणको तयारी गरिरहेकी अमेरिकी सञ्चार माध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि ज्यान जोगाउन झुकेको भिडियो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’ तर्फ दौडिन निर्देशन दिइएको उल्लेख गरेकी छिन्।

अमेरिकी सेक्रेट सर्भिसको विज्ञप्तिमा भनेको छ- “शनिबार साँझ ६ बजेभन्दा केही समय पछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकाली गोली चलाउन थाले । सेक्रेट सर्भिसका प्रहरीले जवाफी फायर गर्दा संदिग्धलाई गोली लाग्यो । उनलाई स्थानीय अस्पताल पुर्‍याइएकोमा मृत घोषित गरियो । गोलाबारीका क्रममा एक सर्वसाधारणलाई पनि गोली लागेको छ । हाम्रा अधिकारीलाई कुनै चोटपटक लागेको छैन । घटनाको समयमा राष्ट्रपति ह्वाइट हाउसमै हुनुहुन्थ्यो, यद्यपि कुनै पनि विशिष्ट सुरक्षित व्यक्तित्व वा सुरक्षा सञ्चालनमा कुनै प्रभाव परेन । यस घटनाको अनुसन्धान भइरहेको छ र थप विवरण उपलब्ध हुनासाथ सार्वजनिक हुनेछ ।”

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : १५ बजे

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली